काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले काठमाडौँस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
इन्स्योरेन्स कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि कर्मचारी माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेण्ट वा एसीसीए गरेको हुनु पर्नेछ । कम्पनीले अनुभवीलाई प्राथमिकता दिइने जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन् ।