ललितपुर । नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ ।
चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/ ८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो ।
चालू आवको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ र बाह्य ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत छ ।