काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाललाई लगातार दोस्रो जितको सफलता मिलेको छ ।
आज विहान सकिएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएसँगै आफ्नो दोस्रो जित सुनिश्चित पारेको हो ।
कुवेतले दिएको १८६ रनको विशाल लक्ष्य नेपालले सात बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । २८ वर्षीय कुशल भुर्तेलको टी–२० क्रिकेटमा यो १० औं अर्धशतक हो ।