२०८२ मंसिर २५ | Dec 11, 2025

नेपालभर बाढी-पहिरोमा ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता

BusinessPati बिजनेस पाटी
|
२०८१ आश्विन १२
|
612 views

काठमाडौँ १२ असोज २०८१।

बाढी पहिरो घटनामा परी अहिलेसम्म नेपालभर ६६ जनाको मृत्यु भएको छ भने ६० जना घाइते छन्। यस्तै ६९ जना बेपत्ता छन्। काठमाडौं उपत्यकामा मात्र बाढी पहिरो लगायतका विपदजन्य घटनामा परी ३४ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। २० जना भने बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी अहिलेसम्म काठमाडौं उपत्यकामा ३ हजार ६० जनाको उद्धार गरिएको छ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८, मधेस प्रदेशमा १, बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ। यसैगरी कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ४, बागमती प्रदेशमा ३५ जना घाइते रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया