ललितपुर । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन जोडेको हो । अघिल्ला ३ खेलमा नेपालले स्कटल्यान्डविरुद्ध १ र नेदरल्यान्ड्सविरुद्धको खेलमा ५ विकेटको जित निकालेको थियो ।
तर, अर्को खेलमा भने नेपाल घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । अहिले नेदरल्यान्ड्स जवाफी ब्याटिङमा मैदानमा उत्रेको छ ।