ललितपुर । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ ।
आजको खेलमा पहिले ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्डस्ले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रनमा समेटिएपछी नेपालले जितेको हो ।
नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक-एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो ।