चितवन नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग उहाँले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ ।” वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।
‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ

Previous Articleयस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति
Next Article गुहेश्वरीमा एक महिला मृत फेला