२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १
|
1.4k views

ललितपुर नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । “सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भन्नुभयो । सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरिरनुभएको छ । यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया