Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
भोलि बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक छलफल हुने कांग्रेसले जनाएको छ ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो बारेमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया