ललितपुर । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गर्दै आम्दानी र मुनाफा दुवैमा गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् ।
कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार रुपैयाँ (०.०१ प्रतिशत) कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँमा सीमित रह्यो । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ ९५.८९ प्रतिशत० ले घटेको हो ।
मुनाफातर्फ पनि कम्पनी कमजोर देखिएको छ । ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया