२०८२ माघ ४ | Jan 18, 2026

नेपाल टेलिकमले गोरखा जिल्लाको उत्तरी भेगमा मोबाइल सेवाको क्षमता बढायो

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण ३१
|
306 views

काठमाण्डौ  ३१ साउन, २०८१ -नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका बिभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा बिदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरुमा ग्राहकहरुको मागलाई लक्षित गरी कम्पनीले voiceतथा data सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको हो ।जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दो सम्म कम्पनीले 2G सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको 4G सेवा समेत सञ्चालन गरेको छ ।


ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरुमा VSAT प्रविधि लाईMicrowave Transmission Link ल ले प्रतिस्थापन गरी 2Gसेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा 4Gसेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी2G तथा 4G मोबाइल सेवा सञ्चालन गरेको छ ।भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया