नेपाल लाइफद्वारा रू ६४ लाख २५ हजारको दावी भुक्तानी

काठमाण्डौ १६ जेठ २०८०
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेरू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१,कैलाली घर भएका बीमित नर बहादुर साउदको मिति २०८० साल वैशाख १६गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती)लाई हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो जीवनकालमा स्व ः नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लिटीकापुर शाखा कार्यालयबाट मिती २०७५÷०५÷१३ गते रु.५०,००,०००÷– बीमाङ्क भएको जीवन बीमा योजन ालिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००÷– र बोनस बापत रु.१४,२५,०००÷– गरी जम्मा रु.६४,२५,०००।– इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।
कागजात प्राप्त भएको पाँचदिन भित्र नै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकत मप्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया