२०८२ असार २६

ललितपुर । नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।नेपालले अब सिरिजको अन्तिम खेल स्कटल्याण्डसँग शुक्रबार खेल्नेछ ।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया