२०८२ मंसिर १९ | Dec 05, 2025

नेशनल लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २९
|
204 views

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले अघिल्लो वर्षकै आधारमा नघटाई बोनस दर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङक्नका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा लागू हुने गरी बोनस दर निर्धारण भएको हो। कम्पनीले अघिल्लो वर्षको तुलनामा यस वर्षपनि बोनस दर नघटाई घोषणा गरेको हो।

कम्पनीले “सावधिक जीवन बीमालेख’ बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि कम्पनीले ८५ रुपैयाँ बोनस दर दिने घोषणा गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको बीमालेख २ लाख ३६ हजार ३३४ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्। साथै ‘अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख’ योजनामा बीमा अवधि अनुसार कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ४५ हजार ३३८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

साथै कम्पनीले यो बोनस दर अर्को बीमाङ्कीय मूल्याङकन प्रतिवेदन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत लागू हुने जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया