ललितपुर । अमेरिकाको शहर न्यूयोर्कको मेयरमा जोहरान ३४ वर्षे ममदानी विजयी भएका छन्। उनी मुस्लिम समुदायबाट पहिलो मेयर बनेका हुन्।
सीबीएसका अनुसार ३४ वर्षीय ममदानी इतिहासमै न्यूयोर्कको सबैभन्दा कान्छा र पहिलो मुस्लिम तथा दक्षिण एसियाली मेयर बनेका हुन्। उनका समर्थकहरू यतिबेला खुसीयाली मनाइरहेका छन्।
मेयरको प्रतिस्पर्धामा ३४ वर्षे ममदानी र एन्ड्रयू कुओमो थिए। कर्टिस स्लिभा रिपब्लिकन पार्टीका उम्मेदवार थिए। स्लिभाले निर्वाचित ममदानीलाई शुभकामना दिएका छन्। उनले भने, ‘अब हामीसँग निर्वाचित मेयर हुनुहुन्छ। म उनलाई शुभकामना दिन्छु। किनकि यदि उनले राम्रो गरे भने हामी सबैका लागि राम्रो हुनेछ।”
सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा जन्मिएका ममदानीलाई उनका बुबाले क्रान्तिकारी र घानाका प्रथम प्रधानमन्त्री क्वामे एनक्रुमाहको नामबाट क्वामे नाम दिएका थिए।
उनी प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन्।
उनले आफ्नो सुरुवाती दिनहरू कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका सरेका थिए।
ममदानीका बुबा, भारतीय मूलका महमूद ममदानी, केप टाउन विश्वविद्यालयमा प्राध्यापक थिए। उनले आफ्नो प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो विद्यालय सेन्ट जर्ज व्याकरण स्कूलमा प्राप्त गरे, जुन १८४८ मा केप टाउनमा स्थापित भएको थियो।


















फेसबुकबाट तपाईको प्रतिक्रिया