काठमाडौँ । वरिष्ठ लेखक तथा पत्रकार, कमल कोइरालाको निधन भएको छ । राजनीतिक व्यक्तित्व कूटनीतिज्ञको समेत छवि बनाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी( केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमल कोइराला ८७ वर्षको उमेरमा निधन भएको हो । को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ ।
गत मङ्गलवार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको हो ।
पत्रकार कमल कोइराला पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल कोइराला पार्टीको कामसँगसँगै पत्रकारिता पेशामा पनि निकै सक्रिय थिए । एक समय कम्युनिष्ट भएकै कारण आफ्ना पिताको मृत्युको समयमा कोरामा नबसेको भनेर उनले निकै आलोचना खेपेको थिए ।
०४७ पछि एमाले निकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनले ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु, जनआस्था र बुधवार लगायतका साप्ताहिक पत्रिकामा स्तम्भकारका रूपमा कलम चलाउँदै आएका थिए ।
०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कोइरालाले करिब तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सल्लाहकारसमेत हुन् । पार्टी विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ । उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा आजै गरिने छ ।