Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । पत्रकार दिलभूषण पाठकलाई काठमाडौं जिल्ला अदालत २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पाठक आज अदालतमा उपस्थित भएका थिए । उनको न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार मुद्दा दायर गरेको थियो ।
पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटेल खरिद गर्न लागेको भिडियो सामग्री युट्युबाट सार्वजनिक गरेका थिए ।

पाठकविरुद्ध गएको जेठ २८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया