२०८२ मंसिर २४ | Dec 10, 2025

पत्रकार रजककी पत्नीले पाइन मुद्रण केन्द्रमा जागिर

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २
|
1.1k views

ललितपुर । गत चैत १५ गते तीनकुने घटनामा परी ज्यान गुमाएका फोटो पत्रकार सुरेशकी रजककी पत्नीलाई सरकारले मुद्रण केन्द्रमा जागिर दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्षको चैत १५ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजककी पत्नीलाई सरकारका तर्फबाट जोजगारी दिएको घोषणा गरेका छन् ।

उनले आज मन्त्रालयमा रजककी पत्नीलाई रोजगारी दिँदै रजकलाई शहीद घोषणा गर्न पहल गर्ने बताए । मन्त्री खरेलले उनकी पत्नीको माग अनुसार सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गर्न आफूले पहल गर्ने बताए ।

मंंगलबारबाठ रजक पत्नी सूजनलाई सरकारको तर्फबाट सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ । यदी सूजनले अध्ययन गर्न चाहेको खण्डमा कुनै पनि क्याम्पसमा अध्ययनका लागि सरकार र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता मन्त्री खरेलले जनाए ।

उनले भने, ‘सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ । यो कानूनसम्मत हिसावले मन्त्रालयबाट नियुक्त गरिएको हो । उहाँको चाहनाअनुसार थोरै भएपनि राहत दिनसक्छ कि भन्ने हो । यसबाट जागिरको शुरुवात हुन्छ, जागिर नविकरण हुँदै जान्छ । सूजन बहिनीले पढ्न चाहनुभयो भने कुनै पनि विषयमा अध्ययन गर्ने चाहना छ भने सम्बन्धित कलेजमा पढाइदिन छात्रावृत्ति, छुट र सजिलोसँग पढ्ने वातावरण मिलाउने मेरो चाहना छ । तपाईंले कुनै कलेजमा अध्ययन गर्ने चाहना छ भने म मेरो व्यक्तिगत र सरकारको तर्फबाट पनि बहिनीलाई सहयोग गर्नेछु । सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गरिनुपर्छ । सरकारको मन्त्रीको हिसावले यो प्रक्रिया बढाउन म प्रतिवद्ध छु ।’

फोटो पत्रकार सुरेश रजकको गत चैत १५ गते तीनकुनेमा फोटो कैद गर्ने क्रममा ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया