पत्रकार सालिकराम पुडासैनी चितवनमा सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झु*एको अवस्थामा फेला परेका थिए। उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएकाे छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।
यसअघि पुडासैनी न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनीसँगको अन्तिम वार्ता हेर्नुहोस् ।