२०८२ असार २६

ललितपुर । पवन आचार्य आगामी दुई बर्षकोलागि नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको आठौँ बार्षिक साधारण सभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उनी यसअघि महासचिव थिए ।
अधिवेशनले संघको उपाध्यक्षमा पृथ्वी राज वैद्य र सुमन कयाल, महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाललाई निर्वाचित गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ , महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशोर, आनन्द चाशैधरी, चन्द्शेखर रूगाटा र डा अबुल हुसेन अन्सारी रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया