Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

पसल बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण संघ लगायतका संगठनहरुले आइतबारदेखि पसल बन्द गरेर विरोधस्वरुप आन्दोलनमा उत्रेका छन् । व्यवसायीको आन्दोलनका कारण सोमबार पनि सुनचाँदीको कारोबार ठप्प भएको छ । सुनचाँदीको मुख्य कारोबार हुने न्यूरोडसहित काठमाडौं र ललितपुरका अधिकांश स्थानका सुनचाँदी पसल सोमबार पनि बन्द नै छन् ।

नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि सुनचाँदीको नयाँ मूल्य समेत समयमा निर्धारण गरेका छैनन् । देनिक कामकारवाहीमा समेत बिलम्ब गरेर व्यवसायीहरुले कारोबार ठप्प पारेका छन् । माग सम्बोधन नभएसम्म कारोबार ठप्प पार्ने महमासंघले जनाएको छ ।

कारोबार ठप्प भए पनि नयाँ मूल्य अपडेट हुने महासंघले बताए पनि दुई दिनदेखि समयमा नयाँ मुल्य आउन सकेको छैन ।

आगामी आर्थिक वर्षको बजेटले सुनका गरगहनामा २ प्रतिशत बिलासिता कर लाग्ने घोषणा भएसँग व्यवसायीहरु आन्दोनलमा छन् ।
२ प्रतिशत विलासिता शुल्कले सुनको गरगहना ६ प्रतिशतसम्म महँगो पर्न जाने र कतिले व्यवसायबाट विदा लिनुपर्ने बाध्यात्मक परिस्थितिको सृजना हुने र नेपालमा भन्दा भारतमा सुन सस्तो मूल्यमा पाइने हुँदा भारतबाट सुन तस्करी गर्नेको संख्यामा वृद्धि हुने भन्दै व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् ।
बजेट संशोधनका क्रममा सरकारले समस्याको समाधान निकाल्ने भन्दै व्यवसायीहरुलाई आश्वासन दिए पनि अहिले वास्ता नगरेको भन्दै व्यवसायीहरु पुनः आन्दोलनमा उत्रेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया