काठमाडौं । पुर्व मन्त्री वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।
उनलाई निमोनिया पनि देखिएको थियो । स्रोतले जानकारी दियो ।
नेता नेपाल पछिल्लो समय राजनीतिक सकृय थिएनन् । उनी २०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए।