२०८२ माघ १० | Jan 24, 2026

पूर्वप्रधानमन्त्री खनाल पत्नीको स्वास्थ्यमा सुधार

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ९
|
1.2k views

ललितपुर । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

नेपाल आए लगत्तै उनले सञ्चारकर्मीहरुसँग किताबमा पढेको ग्याँस च्याम्बरमा आज आफै परेको बताइन् । उनले गत भदौ २३ र २४ गते जेनजी भाइबहिनीहरुको अबोधपनको मुखुण्डो ओडेर देशलाई जसरी नष्ट पार्न खोजियो तिनीहरुको पहिचान गरी वर्तमान राज्यले कारवाहीको दायरामा ल्याउनु बताइन् । साथै उनले आफूलाई राज्यले बुझेर सहयोग गरे ठिकै छ नत्र आफ्नो कसैप्रति गुनासो नरहेको समेत बताएकी थिइन् ।

लामो समय उपचारका क्रममा भारत रहेकी चित्रकार गत साता मात्रै स्वदेश फर्केकी हुन् । उनी फर्के लगत्तै विभिन्न राजनीतिक दलका नेताहरुले भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल बुधबार बिहान डल्लुस्थित खनाल निवास पुगेका थिए । उनको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको जानकारी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दिएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया