Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

पूर्वराष्ट्रपति भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ ।

भण्डारीलाई एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । यस्त मासिक रूपमा ै २०७ लिटर पेट्रोल उपलब्ध गराइएको छ ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मी बस्ने भाडाको घरको भाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।

भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया