काठमाडौँ । प्रतिनिधिसभा सदस्य, तथा पूर्व मन्त्री दीपक बोहोराका निधन भएको छ । राप्रपाका वरिष्ठ नेता बोहोरा लामो समयदेखि अस्वस्थ थिए ।
घाँटीको समस्याबाट पीडित बोहोराको उपचारका क्रममा काठमडौंको ओम अस्पतालमा मंगलबार निधन भएको हो ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका बोहोरा पूर्वमन्त्री समेत हुन् ।
बोहोराको निधनका कारण मंगलबारको प्रतिनिधि सभाको बैठक केहीबेर ढिला सुरु हुने सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि उनी २०७० सालमा पनि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपालको राजनीतिमा करिव ४ दशकदेखि राप्रपामा क्रियाशिल रहँदै आएका बोहोरा पञ्चायतकालमै राज्य र सहायकसहित ५ पटक मन्त्री बनेका थिए । उनी गणतन्त्र पश्चत् पनि ४ पटक मन्त्री बनेका थिए । २०३८ सालमा पर्यटन राज्यमन्त्री बने, सोही वर्ष पर्यटन सहायकमन्त्री बनेका थिए । यसैगरी २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री तथा २०४४ सालमा निर्माण तथा यातायातमन्त्री बनेका थिए ।