पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको करिव ८९ करोड रकम हिनामिना हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष सहित अन्य ७ जनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका लागि काँस्की प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।
अध्ययनका क्रममा उक्त सहकारीको झन्डै ८९ करोड हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि प्रहरीले सञ्चालक समिति तथा कार्यसमितिका गरी ७ जनालाई पक्राउ गरेका हो । सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेका आरोप छ ।
कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए ।













फेसबुकबाट तपाईको प्रतिक्रिया