Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौं आदेश दिएको छ ।

दाहाललाई राज्यविरुद्ध कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर भएको थियो । बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया