Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर ।  प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सूचना टाँसेर गरेर स्थगित गरिएको हो ।

रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ भने राप्रपाले पनि सदनमा अबरोध गर्दै आएको छ ।

अबरुद्ध सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए तर सहमति नभए पछि संसद बैठक स्थगित गरिएको छ ।

सभामुखले भोलि सहमतिका लागि दललाई आवश्यक छलफल गर्न निर्देशन दिएका छन् । भोलि कांग्रेस केन्द्रिय समितिको आकस्मिक बैठक पनि बस्दै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया