Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर ।  ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । सभाअध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सभामा पेस गर्दा सर्वसम्मतिले पारित भएको हो ।
आजकै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० सम्बन्धी समितिको   प्रतिवेदन’  पेस गरिन् ।  यस विधेयकउपर २१ जना सांसदले एक सय २३ बुँदामा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
प्राप्त संशोधन प्रस्तावसहित विधेयकमाथि यहि असार ११ गते सैद्धान्तिक छलफल भएको थियो । विधेयकले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन तथा महशुल सङ्कलनमा प्रभावकारिता वृद्धि गर्ने लक्ष्य लिएको छ ।
(((

फेसबुकबाट तपाईको प्रतिक्रिया