ललितपुर । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडानका कारण आजको बैठक अबरुद्ध भएको थियो । आजको बैठकमै गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे सदनबाटै जवाफ दिने तयारी गरेका थिए । तर, विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन ।
सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगन गरिएको हो । आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो ।