Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

प्रतिनिधिसभा बैठक १ बजे : अबरोध हट्ने नहट्ने अन्योल कायमै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । जेठ २० गतेदेखि बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न नसकेको प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ 

आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्छ कि गर्दैन भन्ने निश्चित छैन ।
हिजो रास्वपाबाहेकका विपक्षी दलसँग दुईबुँदे सहमति भएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया