|
|
२०८२ भाद्र २८
1.5k views
ललितपुर । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका हुन्।
यससँगसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालय जानकारी गराएको छ ।
संविधानको धारा ६१ बमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। युवा पुस्ता जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।



















फेसबुकबाट तपाईको प्रतिक्रिया