२०८२ असार २६

ललितपुर । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् । विरोधपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी संसद् बैठक स्थगित गरेका हुन् ।
संसद् खुलाउने प्रयासमा आज विपक्षी दलहरूले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग छानबिन समिति बनाउन प्रस्ताव गरेका थिए ।
प्रतिपक्षी दलहरुको अवरोधका कारण जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध हुँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया