ललितपुर । फागुन २१ गते विहीबारका दिनलाई तय गरिएको प्रतिनिधिसभा र माघ ११ गते आइतबारका दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन आयोगले आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै निर्वाचनका लागि अलग अलग सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही मंसीर १ गतेदेखि १० गतेसम्म र राष्ट्रियसभाका लागि मंसीर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।
राजनीतिक पाटीलाई दल दर्ताका लागि निवेदन दिँदा आयोगले दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात स्पष्ट खुलाउन भनेको छ ।
यस्तै फागुन २० गतेबाट राष्ट्रियसभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया