२०८२ फाल्गुन २४ | Mar 08, 2026

प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न लोक सेवा आयोगलाई दियो स्वीकृति

BusinessPati बिजनेस पाटी
|
२०७७ आश्विन १२
|
459 views

काठमाडौं – प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ ।प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लाेक सेवा आयोगलाई स्वीकृति दिएको हो ।सोमबारको मन्त्रीपरिषद् बैठकले लोक सेवा आयोगको ओएनएम पारित गरेको छ । साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

प्रदेशस्तरीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले प्राविधिक कर्मचारी भर्नाको स्वीकृति दिएको हो । बैठकले स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तहसम्मका लागि भर्ना लिन स्वीकृति दिइएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए ।कोरोना महामारीमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया