काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सोही अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद्को बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।