झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादहस्थित निर्माणाधिन नगर अस्पतालको शिलान्यास गर्नुभएको छ । रु. १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा बन्न लागेको उक्त अस्पताल २०८३ माघ महिनात्रि निर्माण सम्पन्न गर्नु पर्ने छ ।
उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माणाधिन अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनतालाई समेत को उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रमका माझ प्रधानमन्त्री ओलीले मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न समेत आग्रह गर्नुभयो ।
दुई बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त नगर अस्पताल जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु बिलम्ब भएको थियो ।
यसैगरी उक्त अस्पताल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत नगरपालिकाका अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति थियो ।