२०८२ असार २६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । आजको बैठक अपराह्न १ बजे बस्नेछ ।
संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि सो भ्रमणबारे संसदलाई जानकारी गराउने उद्देश्यले आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।
स्पेनको साताव्यापी औपचारिक भ्रमण सकेर स्वेदश फर्किएका प्रधानमन्त्री ओलीले सोमबार सदनलाई जानकारी गराउने कार्यसूची रहेको नेकपा .(एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली शुक्रबार अर्थात् असार २० गते स्वेदश फर्किएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया