२०८२ माघ २९ | Feb 12, 2026

प्रभु बैंकले ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा

BusinessPati बिजनेस पाटी
|
२०८१ असार १६
|
306 views

काठमाडौं १६ असार, २०८१-पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि. ले भिजा ईन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. ले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै ब्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।
यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती (Current)खाता खोली कारोबार गर्ने÷गरिरहेका खाताधनी (Corporate Personals)हरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया