२०८२ मंसिर २८ | Dec 14, 2025

प्रसाईं समूहले गृहमन्त्रालयमा बुझायो २७ बुँदे ज्ञापनपत्र: २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २६
|
867 views

ललितपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधवप्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।

२७ बुँदे मागपत्रमा २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने, २० लाख भन्दा बढीको ऋण २५ किस्ताबन्दीमा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने देखि लिएर वर्तमान संविधान खारेजी, ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला पुरानै अवस्था कायम गर्नुपर्ने राखिएको छ ।

अभियानले मागपत्र बुझाएपछि औपचारिक रुपमा सुरु भएको वार्ता आजलाई सकिएको छ । मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् ।

अर्को महत्वपूर्ण कुरा त उक्त मागपत्रमा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गरिनुपर्ने माग समेतले प्रसाईंले राखेका छन् । पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।

त्यसैगरी वर्तमान संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने, बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने समेतका माग गरिएको छ ।

नेपालमै सीपअनुसारको रोजगारी र खाडीका जेलमा बस्न बाध्य करिब ७ हजार युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग समेत ज्ञापनपत्रमा उल्लेख छ ।

यस्ता छन् प्रसाईं समूहका २७ बुँदे माग–

फेसबुकबाट तपाईको प्रतिक्रिया