काठमाण्डौ २५ साउन २०८१-
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले दुई सञ्चालक सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको स्थानमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको थियो । मन्त्रालयले साउन १८ गते उनीहरूलाई पदबाट हटाएको थियो ।