Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

प्राधिकरणको प्रस्ताव स्वीकृत गर्दै १० अर्ब अल्पकालिन ऋण लिने स्वीकृति

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने नेपाल विद्युत् प्राधिकरणको प्रस्ताव स्वीकृत गर्दै १० अर्ब ऋण लिने स्वीकृति प्रदान गरेको छ । प्रतिस्पर्धाको आधारमा ऋण लिन अर्थले स्वीकृति दिएको हो ।
प्राधिकरणले भुक्तानीका लागि जगेडा पैसा नरहेको र त्यसका लागि १० अर्बसम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो ।

प्राधिकरणको कार्यकाल सम्हालेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्वेतपत्र जारी गर्दै अल्पकालीन ऋण लिने निर्णय गरेका थिए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणले भुक्तानी हुन बाँकी ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोड रुपैयाँ रहेको स्वेतपत्रमा उल्लेख छ ।

यस्तै, प्राधिकरणको केन्द्रीय कोषमा १० अर्ब १० करोड रकम रुपैयाँ रहेको उल्लेख छ । जसमा डलर÷ने.रू. मुद्दती खातामा तीन अर्ब ६८ करोड र धरौटी खातामा तीन अर्ब ९५ करोड रुपैयाँ छ ।

दुई अर्ब ४७ करोड कल÷चालु खातामा रहेको र उक्त रकम दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा रहेको प्राधिकरणको स्वेतपत्रमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया