२०८२ फाल्गुन १ | Feb 13, 2026

प्रा.महेश्वरमान श्रेष्ठको स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह लोकार्पण

BusinessPati बिजनेस पाटी
|
२०८० माघ ७
|
510 views

काठमाण्डौ ७ माघ २०८० ।
प्रेरणाका स्रोत स्वर्गीय प्रा. महेश्वरमान श्रेष्ठको स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह शनिबार नेपाल प्रज्ञा भवनमा लोकार्पण भएको छ । श्रेष्ठकी धर्मपत्नी श्रीमती सुधा श्रेष्ठ प्रकाशक रहेको उक्त स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह विशिष्ट अतिथि, अतिथि तथा उहाँ प्रति श्रद्धा प्रकट गर्न पाल्नु भएका अतिथिमाझ लोकार्पण गरियो ।
लोकार्पण कार्यक्रममा स्मृतिग्रन्थ तथा कविता गीत संग्रहको तिप्पणीकार क्रमशः हिमनाथ पौडेल र डा. रामप्रसाद दहाल रहनु भएको छ । उहाँहरुले प्रा. महेश्वरमान श्रेष्ठको व्यक्तित्व, आचरण, नैतिकता, इमान्दारिता, शालिनता, अविचलित, निश्कलंक, सत्यतामा अडिक तथा सकरात्मक विचारका श्रोतका रुपमा सम्झिनु भयो । विश्वविद्यालयको क्षेत्रमा शैक्षिक विकासका लागी त्यागको भावना भएको तार्किक व्यक्तित्व राष्ट्रले गुमाएको र उहाँका प्रेरणालाई आउँदा दिनमा अवलम्बन गर्दै जाँदा उहाँमा सम्मान पुग्ने विषयमा विश्लेषकहरुले तर्क गर्नु भयो ।
उक्त स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह लोकार्पण समारोहमा नेकपा एमालेका सानु कुमार श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगा प्रसाद उप्रेती, दीपेन्द्र बहादुर क्षेत्री, हिमनाथ पौडेल, डा. रामप्रसाद दहाल, रामेश्वरमान श्रेष्ठ, विश्वेश्वरमान श्रेष्ठ र दिव्यशोभा लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । प्रा.महेश्वरमान श्रेष्ठ प्राध्यापन क्षेत्रमा मात्र नभई गीत, कविता र कला क्षेत्रमा पनि लगनशील रहेकोले उहाँलाई वहुआयामिक व्यक्तित्वका रुपमा लिनु पर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया