काठमाडौं । आज सोमबार शेयर कारोबार करिब दुई अंकले घटेको छ । आज साताको दोस्रो कारोवार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।
आइतबारको कारोबारमा नेप्से १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा बन्द भएको थियो भने आज प्रि ओपन सेसनमा १.८५ अंक घटेर २७०४.१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ६१ स्टकको ८१ पटकको कारोबारमा १९ लाख ९६ हजार ३२ रुपैयाँ २० पैसाबराबरको ३ हजार ३२६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।