२०८२ माघ २६ | Feb 09, 2026

प्रि ओपन सेसनमै साँढे तीन अंकले घट्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४
|
102 views

ललितपुर । आज साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमं नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ।

यस अघिको कारोबार अर्थात् विहीबारको कारोवारमा नेप्से ८.४१ अंक घटेर २६११.८५ विन्दुमा बन्द भएको थियो । तर आज भने प्रि ओपन सेसनमा ३.५९ अंक घटेर २६०८.२५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

आजको प्रि ओपन सेसनमा ३७ स्टकको ८५ पटकको कारोबारमा २६ लाख ६७ हजार ७२ रुपैयाँबराबरको ३ हजार १६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया