२०८२ माघ १० | Jan 24, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक सामान्य अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २०
|
306 views

ललितपुर । आज साताको तेस्रो कारोबार अर्थात् मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

सोमबार अर्थात् साताको दोस्रो कारोबारको दिन १६.४६ अंक बढेर २८७५.३६ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही सेसनमा ०.२० अंक बढेर २८७५.५६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा ५५ स्टकको १५७ पटकको कारोबारमा २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँ ८० पैसाबराबरको ५२ हजार ७२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया