२०८२ माघ १० | Jan 24, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचकमा साढे ३ अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ४
|
459 views

ललितपुर । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से साढे ३ अंक घटेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबारको दिन ६.५१ अंक बढेर २७७६.९० विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा ३.५४ अंक घटेर २७७३.३६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५६ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा ४२ स्टकको ६२ पटकको कारोबारमा १२ लाख ७७ हजार ७९ रुपैयाँ ३० पैसाबराबरको १ हजार ६७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया