२०८२ फाल्गुन १ | Feb 13, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचकमा साढे २ अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १९
|
765 views

ललितपुर । आज यस साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ।

बुधबार अर्थात् अघिल्लो कारोबार १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा बन्द भएको नेप्से, विहीबार भने सोही सेसनमा २.५१ अंक घटेर २७२३.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको छ।

आजको प्रि ओपन सेसनमा ३६ स्टकको ६७ पटकको कारोबारमा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ ८० पैसाबराबरको २३ हजार २७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया