२०८२ कार्तिक २३ | Nov 09, 2025

प्रि ओपन सेसन अपडेटः नेप्सेमा सामान्य अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २९
|
1.2k views

ललितपुर । आज प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । बुधबार उक्त सेसनमा नेप्से सामान्य अंकले घटेर बन्द भएको हो।

मंगलबार १९.४३ अंक घटेर २५२८.१६ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा ०.२४ अंक घटेर २५२७.९२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

आज उक्त सेसनमा २६ स्टकको ३६ पटकको कारोबारमा ८ लाख ९५ हजार ८८७ रुपैयाँबराबरको २ हजार ९२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया