२०८२ मंसिर २४ | Dec 10, 2025

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूच्क करिब ५ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ३
|
765 views

ललितपुर । आज (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबार दिन १५.७० अंक बढेर २५६६.०७ विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा ४.८४ अंक बढेर २५७०.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ५४ स्टकको ९८ पटकको कारोबारमा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ ७० पैसाबराबरको ६२ हजार ९९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया